चिकेन बार्बिक्यु
सामग्री
हाड नभएको कुखुराको मासु - आधा किलो
बार्बिक्यु सस - १०० ग्राम
दही - अलिकति
अदुवा र लसुनको लेदो - २० ग्राम
कागती - एउटा
मरीचको धूलो - ५ ग्राम
नुन - स्वादअनुसार
गार्निसका लागि
सलाद पत्ता, काँक्रो, मुला तथा गाजर
विधि :
- हाड नभएको कुखुराको मासुलाई अदुवा र लसुनको लेदो, नुन, मरिचको धुलो तथा कागतीको रसमा मोल्ने ।
- त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरी मोल्ने ।
- मोलिसकेपछि कम्तीमा आधा र बढीमा एक घण्टा छोपेर राख्ने ।
- तन्दुर, कोइलाको चुल्हो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।
- मोलेको मासुलाई एक-एक गरी झिरमा उन्ने र १० मिनेटदेखि १५ मिनेटसम्म पोल्ने ।
- पाकेपछि सलाद तथा चटनीसँग खाने ।
यही विधिबाट माछाको बार्बिक्यु पनि बनाउन सकिन्छ । माछाको बार्बिक्यु बनाउँदा भने ठिक्कको सिंगो माछा पोल्नु राम्रो हुन्छ । माछालाई १० देखि १५ मिनेट मात्र पोल्नुपर्छ ।